संघीय संरचना अनुसार बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो एक स्थानीय तह हो ।वि. सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकामा जम्मा घर परिवार सङ्ख्या ३१७४ रहेकोमा कूल जनसंख्या १६,०७९ रहेको छ । जसमा पुरुष ७,८८० र महिला ८,१९९ रहेको छ । २०७८ को जनगणना अनुसार महाभारत गाउँपालिकाको लैङ्गिक अनुपात ९६.११ प्रतिशत, वार्षिक जनसंख्या वृद्धिदर १.२३, जनघनत्व ८६ प्रति वर्ग कि.मि.